January 15, 2025
- ADVERTISEMENT -

-: तपाईको आजको राशीफल (शनिबार) :-

June 27, 2020

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : 
शिक्षामा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । विशिष्ट व्यक्तिको सहयोग पाइन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
आजबाट शुभ र नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने र खर्चसमेत बढ्ने योग छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाइनेछ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -