April 22, 2025

थप २९३ जना, संक्रमित पुग्यो १५ हजार ७८४

July 5, 2020
- ADVERTISEMENT -

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६ हजार ५४७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३२ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ छ । हालसम्म देशका सबै जिल्लामा संक्रमण फैलिएको छ ।

- ADVERTISEMENT -