२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

नारायणगढको औषधि पसलमा आगलागी

प्रकाशित मिति : २०७७ असार २५ गते
- ADVERTISEMENT -

नारायणगढ, चितवन / शहीदचोक, नारायणगढको एक औषधि गोदाममा आगलागी भएको छ । शहीदचोकमा रहेको एक औषधी गोदाममा आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिए । साँझ करिब सवा ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिकाको २ वटा र खैरहनी नगरपालिकाको एक वटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वडा कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । आगलागी कसरी भन्ने यकिन खुल्न नसकेको प्रनि रेग्मीले बताए ।

- ADVERTISEMENT -