चितवन / खैरहनी नगरपालिका–८ स्थित बुढी राप्ती खोलामा घोगी टिप्ने क्रममा डुबेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब २ः३० बजे खैरहनी–८ निवासी करिब ४० वर्षीय राजाराम ढकाल घोगी टिप्ने क्रममा डुबेका हुन् ।
- ADVERTISEMENT -

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली घटनास्थल पुगेर ढकालको तत्काल उद्धार गरेको थियो । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा दिउँसो करिब ३ः४० बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।
- ADVERTISEMENT -
















































