२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

सुन अहिलेसम्मकै उच्च मूल्य, एकैदिन १३ सयले बढ्यो

प्रकाशित मिति : २०७७ श्रावण ७ गते
- ADVERTISEMENT -

काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार प्रतितोलामा एक हजार ३ सय रुपैयाँले बढेर ९४ हजारमा कारोबार भैरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा ९५ रुपैयाँले बढेर १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

- ADVERTISEMENT -