२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विद्युत महसुल नतिर्ने ३ सय १६ जना कालोसूचीमा

प्रकाशित मिति : २०७७ श्रावण १५ गते

भरतपुर / नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३ सय १६ जना ग्राहकलाई कालो सूचिमा राखि कारवाही गरेको छ । लामो समय सम्म बक्यौता नतिर्ने ग्राहकलाई कालो सूचिमा राखिएको हो ।
लाईन काटेको ६ महिना सम्म पनि बक्यौता रकम नतिर्ने ग्रहकलाई कालो सूचिमा राखिएको केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सुरेश कुमार महतोका अनुसार कालो सूचिमा पछिल्लो चरणमा परेका ४६ जनाबाट रु १६ लाख २३ हजार १ सय ८८ र पहिलो चरणका २ सय ७० ग्राहकबाट रु ७२ लाख ५५ हजार ५ सय २४ बक्यौता उठाउनुपर्ने हुन्छ ।
महतोले उनीहरु मध्ये ११ जना ग्राहकले मात्र कालोसूचिमा राखिए पछि बक्यौता रकम तिरेका छन् । उनीहरुबाट रु ७ लाख ९२ हजार २ सय ४४ अशुली भएको कार्यालयले जनाएको छ ।
कालो सूचिमा राखिएका ग्राहक नेपालको जुनसुकै स्थानमा गएर वसेको भए पनि उनीहरुको लाईन काट्ने र अशुली गर्ने, बैंक बित्तिय संस्थाहरुलाई उनीहरुको बिबरण जानकारी गराई सेवा रोक्ने लगाएतका कामहरुको प्रकृया सुरु गरिएको महतोले जानकारी दिनुभयो ।
कार्यालयले सोही समयमा १ हजार ६ सय ५३ जनाको लाईन काटेको जनाएको छ । उनीहरुबाट रु २ करोड ७९ लाख ५३ हजार ४ सय ३५ अशुलि हुनु पर्नेमा १ हजार १ सय ५० जनाबाट रु ३ करोड २ लाख ३३ हजार १ सय ५८ अशुली भएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन् । उनीहरुबाट बार्षिक १४ करोड ९७ लाख ६३ हजार ६ सय ६९ युनिट बिधुत खपत हुने गरेको छ । भरतपुर महानगरमा ९८ प्रतिशत बिद्युतीकरण भई सकेको छ भने ईच्छाकामना गाउँपालिकाको वडा नम्बर १ मा रहेका ७ सय घरधुरी बिद्युतिय सेवाबाट वञ्चित रहेको कार्यालयले जनाएको छ ।
बिद्युतिकरण नभएका क्षेत्रका लागि पूर्ण बिद्युतिकरण अन्तर्गत रु १६ करोड ६३ लाख २६ हजार वजेट बिनियोजन गरिएको र ठेक्काको काम सम्पन्न भई यहि आर्थिक वर्षमा पूर्ण बिद्युतिकरण गरिने महतोले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94