July 22, 2024

आज रातिदेखि धरानमा एक साता लकडाउन गर्ने निर्णय

August 5, 2020

कठमाडौँ । धरानमा एक साता लकडाउन हुने भएको छ । कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज बुधबार राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।
उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको छ । लकडाउन अवधिभर अत्यावश्यक सेवा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द हुनेछन् ।
पछिल्लो समय धरानमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -