January 13, 2025
- ADVERTISEMENT -

बलात्कारको अभियोग लागेका दुई जना जेल चलान

August 19, 2020

चितवन / दुई युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत चितवनले पूर्पक्षका लागि अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई कारागार चलान गरेको हो । गत साउन ४ गतेका दिन माडी नगरपालिका–९ बगईस्थित जंगलमा १७ वर्षकी युवतीलाई २६ वर्षीया केसीले जबरजस्तीकरणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पूर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पीडित युवती ठूली आमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले जबरजस्ती जंगलमा रहेको बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् ।
यस्तै जबरजस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाईएको प्रवक्ता थापाले जानकारी दिए ।
अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाई फकाई गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रील उद्योगमा असार ८ गते रातिसम्म पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनुसन्धान पुरा गरेर चितवन प्रहरीले जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -