२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

बलात्कारको अभियोग लागेका दुई जना जेल चलान

प्रकाशित मिति : २०७७ भाद्र ३ गते

चितवन / दुई युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत चितवनले पूर्पक्षका लागि अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई कारागार चलान गरेको हो । गत साउन ४ गतेका दिन माडी नगरपालिका–९ बगईस्थित जंगलमा १७ वर्षकी युवतीलाई २६ वर्षीया केसीले जबरजस्तीकरणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पूर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पीडित युवती ठूली आमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले जबरजस्ती जंगलमा रहेको बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् ।
यस्तै जबरजस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाईएको प्रवक्ता थापाले जानकारी दिए ।
अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाई फकाई गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रील उद्योगमा असार ८ गते रातिसम्म पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनुसन्धान पुरा गरेर चितवन प्रहरीले जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45