चितवन / चितवन इच्छाकामना गाउँपालिका ३ चैवुङ की मृगौला रोगी १९ वर्षीया शर्मिला गुरूङको उपचारको लागि भरतपुरका युवा व्यवसायी एवम् सामाजिक अभियन्ता कृष्णबहादुर गुरूङले फेसबुक मार्फत चलाएको अभियानबाटै लाखौ रुपैयाँ सहयोग रकम जुटेको छ । अभियन्ता गुरुङले चारवर्ष अघि नै दुबै मिर्गौला फेल भएका मृगौला पीडित शर्मिला गुरुङको उपचार खर्चका लागि फेसबुक मार्फत गरेको आह्वानबाट हप्ता दिनभित्रै ५ लाख भन्दा बढी रकम जुटाएको हो ।
आज बिहान आइतबारसम्म देश विदेशबाट करिब ५ लाख २५ हजार रकम जुटेको अभियन्ता कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । चारवर्ष अघि नै दुवै मिर्गौलाले काम गर्न छाडेपछि शर्मिलाले हप्तामा दुईपटक डायलासिस गर्दै आएकी छन् । उपचारमा घरको आर्थिक अवस्थाले धान्न नसक्ने देखेपछि सामाजिक अभियन्ता कृष्णबहादुर गुरूङले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए ।
सामान्य खेतीपातीको भरमा परिवार चलाउँदै आएका बुबा–आमालाई छोरीको उपचारमा समस्या थपिँदै गएपछि सहयोग गरिदिन अपिल गरेका थिए । सोही आधारमा तमू ह्युल छोँज धीँ वागमती प्रदेश सदस्यसमेत रहेका कृष्णबहादुर गुरूङले सहयोग संकलनको अभियान थालेका थिए ।
चिकित्सकले बिरामीको मिर्गौला ‘ट्रान्सप्लान्ट’ नै गर्नुपर्छ भनेपछि त्यसमा लाग्ने खर्च जुटाउन थालेको सहयोग संकलनकर्ता गुरूङले बताए । उनका अनुसार हालसम्ममा देश तथा विदेशबाट गरी झण्डै ६० जनाले सहयोग पठाएका छन् । सहयोग रकम संकलन हुने क्रम अझै नरोकिएको उनले बताए ।
‘यति नै रकम जुटाउन सकिन्छ भन्ने त लागेको थिएन तैपनि सबैको सानो–सानो सहयोगले एकजनाको ज्यान बचाउन सकिन्छ भने सहयोग गरौँ न त भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ,’ उनले भने, ‘तर, अहिले सोचेभन्दा धेरै रकम संकलन भएको र यसले थप हौसला बढाएको छ साथै सहयोगी मनहरूलाई हृदयदेखि नै धन्यवाद ।’
कोरोना कहरका कारण विश्व नै ठप्प भइरहेको समयमा पनि बिरामीको स्वास्थ्य सुरक्षाको लागि देश तथा विदेशबाट सहयोग जुट्नु सामान्य कुरा नभएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मृगौला रोगी उपचारका लागि उठ्यो सवा ५ लाख

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













