चितवन / चितवन इच्छाकामना गाउँपालिका ३ चैवुङ की मृगौला रोगी १९ वर्षीया शर्मिला गुरूङको उपचारको लागि भरतपुरका युवा व्यवसायी एवम् सामाजिक अभियन्ता कृष्णबहादुर गुरूङले फेसबुक मार्फत चलाएको अभियानबाटै लाखौ रुपैयाँ सहयोग रकम जुटेको छ । अभियन्ता गुरुङले चारवर्ष अघि नै दुबै मिर्गौला फेल भएका मृगौला पीडित शर्मिला गुरुङको उपचार खर्चका लागि फेसबुक मार्फत गरेको आह्वानबाट हप्ता दिनभित्रै ५ लाख भन्दा बढी रकम जुटाएको हो ।
आज बिहान आइतबारसम्म देश विदेशबाट करिब ५ लाख २५ हजार रकम जुटेको अभियन्ता कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । चारवर्ष अघि नै दुवै मिर्गौलाले काम गर्न छाडेपछि शर्मिलाले हप्तामा दुईपटक डायलासिस गर्दै आएकी छन् । उपचारमा घरको आर्थिक अवस्थाले धान्न नसक्ने देखेपछि सामाजिक अभियन्ता कृष्णबहादुर गुरूङले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए ।
सामान्य खेतीपातीको भरमा परिवार चलाउँदै आएका बुबा–आमालाई छोरीको उपचारमा समस्या थपिँदै गएपछि सहयोग गरिदिन अपिल गरेका थिए । सोही आधारमा तमू ह्युल छोँज धीँ वागमती प्रदेश सदस्यसमेत रहेका कृष्णबहादुर गुरूङले सहयोग संकलनको अभियान थालेका थिए ।
चिकित्सकले बिरामीको मिर्गौला ‘ट्रान्सप्लान्ट’ नै गर्नुपर्छ भनेपछि त्यसमा लाग्ने खर्च जुटाउन थालेको सहयोग संकलनकर्ता गुरूङले बताए । उनका अनुसार हालसम्ममा देश तथा विदेशबाट गरी झण्डै ६० जनाले सहयोग पठाएका छन् । सहयोग रकम संकलन हुने क्रम अझै नरोकिएको उनले बताए ।
‘यति नै रकम जुटाउन सकिन्छ भन्ने त लागेको थिएन तैपनि सबैको सानो–सानो सहयोगले एकजनाको ज्यान बचाउन सकिन्छ भने सहयोग गरौँ न त भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ,’ उनले भने, ‘तर, अहिले सोचेभन्दा धेरै रकम संकलन भएको र यसले थप हौसला बढाएको छ साथै सहयोगी मनहरूलाई हृदयदेखि नै धन्यवाद ।’
कोरोना कहरका कारण विश्व नै ठप्प भइरहेको समयमा पनि बिरामीको स्वास्थ्य सुरक्षाको लागि देश तथा विदेशबाट सहयोग जुट्नु सामान्य कुरा नभएको उनको भनाइ छ ।
मृगौला रोगी उपचारका लागि उठ्यो सवा ५ लाख
August 23, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
