January 13, 2025
- ADVERTISEMENT -

संक्रमित थप २९ जना, १९ चितवनकै पुष्टि

September 1, 2020

चितवन / चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा २९ जनामा कोरोना संक्रमित भेटिएको छ । परिक्षणमा चितवनका १९ सहित २९ जनामा कोरोना संक्रमित पुष्टि भएको ल्याब प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
डा चौधरीका अनुसार भरतपुर महानगरपालिकाको विभिन्न वडाका ९ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ । रत्ननगरको वडा नम्बर १ को ३२ र ३७ वर्षीय दुईजना पुरुष, वडा नम्बर २ को ५३ वर्षीय एक महिला, वडा नम्बर १० को ६६ वर्षीय एक पुरुष, वडा नम्बर १४ को ३१ वषर््ािय एक पुरुष, खैरहनीको वडा नम्बरको २ को ४१ वर्षीय एक परुष, वडा नम्बर ४ को २९ वर्षीय एक महिला, वडा नम्बर १३ को ३८ वर्षीय एक पुरुष, राप्ती नगरपालिका वडा नम्बर १ को ४६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै मकवानपुरको एक पुरुष र एकजना महिला, महोत्तरी का १ पुरुष, नवलपुरको एक पुरुष, दुई महिला, कैलालीको एक महिला, एक पुरुष र रुपन्देहीको एक पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -