चितवन । चितवन मेडिकल कलेज (सिएमसी) कोभिड–१९ प्रयोगशालामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका १३ सहित २३ जनामा कोभिड–१९ पोजिटिभ देखिएको ल्याब प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको विभिन्न वडाका ६ पुरुष र ४ महिलामा गरी १० जनामा कोरोना पुष्टि भएको छ भने रत्ननगर नगरपालिका वडा नम्बर १ को ४१ वर्षीय एकजना पुरुष, ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ को ३६ वर्षीय पुरुष, राप्ती नगरपालिका वडा नम्बर ४ को ३३ वर्षीय एक महिलामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै नवलपुरको पाँच महिला, तीन पुरुष, दाङ्गको एक महिला र धनुषाको एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
सिएमसीमा २३ जना, भरतपुरकै १३ कोरोना पुष्टि
September 2, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -