२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘प्लाज्मा थेरापी’बाट चितवनमा उपचार सुरु

प्रकाशित मिति : २०७७ भाद्र १९ गते

चितवन / चितवन मेडिकल कलेजले ‘प्लाज्मा थेपारी’बाट उपचार सुरु गरेको छ । जिल्लामा पहिलो पटक कलेजले हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ वर्षिया कोरोना सङ्क्रमित महिलामा प्लाज्मा थेरापी उपचार थालिएको क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।
प्रमुख पौडेलका अनुसार ती महिलालाई बिही राति दुई पोका ‘बी’ पोजेटिभ प्लाज्मा चढाइएको हो भने सोही दिन केन्द्रमा सङ्क्रमण मुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका हुन् ।
हेटौडा र भरतपुरका पुरुषको ‘बी’ पोजेटिभ र देवघाटका पुरुषको ‘बी’ पोजेटिभ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले बताउनुभयो । उनले भने, कोभिड सङ्क्रमित भएर आईसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत संङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ ।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ ।
प्रमुख पौडेलले भन्नुभयो ‘प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।’ अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना संक्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो ।
रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ । चितवन मेडिकल कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताउनुभयो ।
उहाँले क्रमश अन्य बिरामीहरुलाई पनि आवश्यकता र उपलव्धता अनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिनुभयो । जिल्लामा गम्भिर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । सो मेडिकल कलेजले कोभिड प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36