चितवन / चितवनका ३३ जना सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २ सय ६२ जनाको नमुना परिक्षणका क्रममा ४३ जनामा कारोना संक्रमण भेटिएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
कोरोना संक्रमितहरु भरतपुर महानगरका २१ जना, कालिकाका ९ जना, रत्ननगरका २ जना र खैरहनीका १ जना रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।
यस्तै नवलपुर, धनुषाका २ जना र रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु, सुनसरीका एक एक गरी ५ जना रहेको उहाँले बताउनुभयो ।
- ADVERTISEMENT -