April 22, 2025

जोखिम न्यूनीकरण गर्न भन्दै प्रहरीको सवारी चेकजाँचमा कडाई

September 7, 2020
फोटो : हल्कारो समाचार ।
- ADVERTISEMENT -

चितवन / जिल्लामा सवारीसाधनको चहलपहल बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले सवारीसाधन चेक जाँचलाई कडा पारेको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
संघसंस्था तथा व्यापारीहरुको व्यापक दवाव आएपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा केही खुकुलो पारिएको हो । अति आवश्यक खाद्यान्न, हार्डवेयर, निर्माण सामग्री, विजुली पसल, दुधजन्य पदार्थ, फेन्सी लगायत लत्ता कपडाका पसलहरु विहान १० देखि ४ बजेसम्म खोल्न पाउने निर्णय प्रशासनले गरेको हो ।
निषेधाज्ञा केही खुकुलोसँगै चितवनका बजारहरु प्रायःजसो खुल्ला छन् । बजारमा भिडभाड बढेको छ । बजार खुलेसँगै सवारीसाधनको चाप बढ्न थालेपछि चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
‘सर्वसाधारणले सुरक्षा मापदण्ड अपनाउन, माक्स अनिवार्य प्रयोग गर्नुहुन अनुरोध गर्दै चेकजाँचमा कडाइ गरेको हो ।’ प्रवक्ता थापाले भन्नुभयो – ‘हामीले अत्यावश्यक सवारी साधनलाई कतै पनि रोकेका छैनौ र रोक्दैनौ पनि तर औषधि, तरकारी, खाद्यान्न लगायतका सामाग्री किन्ने बहानामा अनावश्यक रुपमा सवारीसाधन नै लिएर हिँड्नेलाई कारवाही गरेका छौं ।
उहाँले भन्नुभयो, ‘पछिल्लो तथ्यांक हेर्दा चितवन जिल्लामा कोरोना संक्रमितको संख्या हजार नाघिसकेको छ भने दैनिक ३० देखि ५० जनाका दरले संक्रमितहरु थपिइरहेका छन् ।’
चितवन जिल्ला रेडजोनमा भएकाले जोखिम न्यूनीकरण गर्नको लागि सबैले सावधानी अपनाउन प्रवक्ता थापाले आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -