२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

करेन्ट लागेर दुईजना सैनिकको मृत्यु

प्रकाशित मिति : २०७७ भाद्र २७ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा करेन्ट लागेर दुईजना सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज बिहान मृत्यु भएको हो ।
गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजाने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -