कास्की / गण्डकी प्रदेशमा थप ८३ जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ९ सय ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको हो ।
निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार पहिलो विज्ञप्तिमा ४५ जना र दोस्रो विज्ञप्तिमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो विज्ञप्ति अनुसार कास्की, स्याङ्जा, लमजुङ र नवलपुर गरी ३८ जनामा कोरोना देखिएको छ ।
कास्कीको पोखरा महानगरका ७ वटा वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० देखि ५१ वर्ष उमेर समुहका १७ जना महिला र १५ देखि ३५ वर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन् ।
यस्तै लमजुङ बेशीसहर ३ का ३७ वर्षीया एक महिला, स्याङ्जा वालिङका ४ पुरुष र नवलपरासी पूर्व बिनयत्रिबेणीका २ महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पहिलो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीको पोखराका १० जना, गोरखा आरुघाटका १ जना , नवलपरासी पूर्वका ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा आजै ८३ जना, कुल २ हजार ९०३ पुग्यो
September 12, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
