January 24, 2025
- ADVERTISEMENT -

बलात्कार पश्चात हत्या गर्ने दुइ जनालाई आजीवन कारावास

September 19, 2020
फोटो: तेमाल अनलाइन ।

जनकपुर / एक बालिकालाई बलात्कार पश्चात हत्या गर्ने दुइ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले असोज १ गते आजीवन कारावासको सजायको फैसला सुनाएको छ ।
बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावास सहितको सजाय सुनाएको हो ।
झण्डै एक वर्षअघि २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशीश यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।
बालिकाको शव धानखेतको हिलोमा गाडिएको अवस्थामा फेला परेको थियो। त्यसलगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -