April 29, 2025

दशैँ गीत ‘म त आउन पाउँदिन’ सार्वजनिक

September 21, 2020
- ADVERTISEMENT -

काठमाण्डौं / नेपाली गीत–संगीत क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालीहरुको महान् पर्व बडा दशैँ नजिकिएसँगै कलाकारहरुले दशैँ तिहारका गीतहरु सार्वजनिक गरिरहेका छन्, प्रायः परदेशी हुनुको पीडालाई नै गीतमा प्रस्तुत गरिएको पाइन्छ ।
यसैबिच पानस फिल्मस्को प्रस्तुतिमा संगिता थापा बानियाको नया दशैँ कोसेली ‘म त आउन पाउँदिन’ गितको म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।
निशान बानियाको उत्कृष्ट शब्द सृर्जना एवम् सुमन परियारको लय रचना रहेको गितमा लोकप्रिय चर्चित गायक सुमन अधिकारी र चर्चित गायिका कमला पोखरेलको सुमधुर आवाजमा सजिएको छ ।
गरिबीको यथार्थ पीडा, परदेशीको कथा अनि दशैतिहारमा घर आऊन नभएको पीडा आदि विषयवस्तु गितमा दर्शाइएको छ ।
उक्त गीतको म्युजिक भिडियोलाई पानस फिल्मसका निर्देशक निशान वानियाले उत्कृष्ट निर्देशनमा गरिएको छ भने गीतको म्युजिक भिडियोमा चर्चित लोकप्रिय अनुहारहरु विमल अधिकारी र सारिका केसीको मनछुने अभिनय रहेको छ । समस्तमा गीतको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ ।

- ADVERTISEMENT -