२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

नेटवर्किङ व्यवसायलाई व्यवस्थित गर्न कडा कानुन बनाउन सुझाव

प्रकाशित मिति : २०७७ आश्विन १२ गते
फोटो : तेमाल ।

काठमाडौं / संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तु बिक्रीसम्बन्धी व्यवसायमाथि कडा नियमन र निगरानी गर्नुपर्ने प्रावधान सहितको उपसमितिको प्रतिवेदन पारित गरेको छ ।
आइतबार बसेको समितिको बैठकले नेटवर्किङ व्यवसायलाई थप व्यवस्थित गर्ने सम्बन्धमा सरकारलाई सुझाव दिन गठित नेटवर्किङ व्यवसाय अध्ययन उपसमितिको प्रतिवेदनलाई सामान्य परिमार्जन सहित परिमार्जन गर्ने निर्णय गरेको हो ।
उपसमितिको वस्तुको प्रत्यक्ष बिक्री गर्ने ऐन, २०७४ र नियमावली २०७६ भन्दा बेगर मुलुकी अपराध संहिता ऐनको परिच्छेद २१ अनुसार ठगीसम्बन्धी कसुरमा मुद्वा चलाउन पाउने गरी ऐन परिमार्जन गर्नुपर्ने उल्लेख छ । त्यस्तै नेटवर्किङ प्रकृतिको व्यवसाय गरेर सर्वसाधारणलाई ठगेको पाइए तत्काल कानूनी कारवाही गर्नुपर्ने बिषय पनि प्रतिवेदनमा समेटिएको छ ।
छलफलमा सांसदहरुले उपभोक्तासँग जोडिने हुँदा विगतको नेटवर्किङ व्यवसाय झै नागरिक ठगिने सम्भावना अधिक रहेको भन्दै सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।
सांसद भीमसेनदास प्रधानले त्यस्ता व्यवसाय सञ्चालनमा कडा कानूनको बनाएर नियमनको जरुरी रहेको बताए । बैठकमा सांसद प्रकाश रसाइलीले धरौटी बढी राख्ने, निरीक्षणको दायरा बढाउने र कानूनी धारालाई थप स्पष्ट पार्दै जनता ठगीनबाट जोगिने अवस्थाको ग्यारेन्टी हुने गरी व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै सांसद देवेन्द्र पौडेलले नेटवर्किङ व्यवसाय झै अर्काे सदस्य बनाउँदा अतिरिक्त कमिसन पाउने व्यवस्थाको अन्त्य गर्ने प्रावधान गर्नुपर्ने धारणा राखे ।
छलफलपछि समितिले उपसमितिको प्रतिवेदनका बुँदामा छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरेको सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । सोही आधारमा समितिले सरकारलाई आवश्यक निर्देश गर्ने उनले बताए । बैठकमा घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्थाका बिषयमा पनि छलफल भएको थियो । घरेलु श्रमिकका रुपमा नागरिकहरु जाने क्रम नरोकिएको भन्दै यसको दिर्घकालिन समाधान खोज्नुपर्ने समिति सभापति श्रीवास्तवले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81