March 19, 2025
- ADVERTISEMENT -

‘विश्व मुटु दिवस’मा मुटु बचाउन आव्हान गर्दै साइकल र्याली

September 29, 2020

भरतपुर / नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनले साइकल र्याली गरेको छ । विश्व मुटु दिवसको अवसर पारेर प्रतिष्ठानले मंगलबार साइकल र्याली गरेको हो ।
‘एक सपना साइकल र सफा नेपालको’ अभियान समेतको संयुक्त आयोजनामा ‘मन लगाउ, मुटु बचाउन’ भन्ने नाराकासाथ सचेतनामूलक साइकल ¥याली सम्पन्न गरिएको हो ।
नारायणघाट बसपार्कबाट सुरु भएको ¥याली दियालो रोड, मेनरोड, पुलचोक, शहिदचोक, बस टर्मिनल चोक, बाइपास रोड, आपटारी हुँदै पुनः नारायणघाट बसपार्कमा पुगेर समापन गरिएको हो ।
¥यालीमा ७८ जना साइकल राइडरसँगै करिब ९० जनाले सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रममा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला सभापति नारायणसिंह कुँवर, केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश संयोजक भोजराज कौडेल, प्रदेश सचिव लिलाराज खरेल तथा एक सपना साइकल र सफा नेपालकी अभियन्ता रूक्मिणी सापकोटा घिमिरेले साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरे ।
¥यालीका सहभागीलाई एक सपना साइकल र सफा नेपाल अभियान तथा नेपाल हृदयरोग प्रतिष्ठानले ‘मुटु बचाउ’ भन्ने नारा अंकित टि–सर्ट निःशुल्क उपलब्ध गराएको थियो भने नारायणगढ बसपार्क टोल सुधार समिति तथा सुमन मिनरल वाटरले खाजा तथा पिउने पानीको व्यवस्था गरेका थिए ।

- ADVERTISEMENT -