२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

अयोध्याधाम निर्माणको लागि १०० बिघा जग्गा टुंगो

प्रकाशित मिति : २०७७ आश्विन १४ गते

चितवन / चितवनको माडी नगरपालिकाको मंगलबार बिहान बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणको लागि जमिन टुंगो लगाएको छ ।
बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो । माडी नगरपालिका वडा नं. ९ र ८ को सीमाक्षेत्रमा रहेको करिब १०० बिघा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने खाली चौरलाई अयोध्याधाम निर्माण स्थलका रुपमा छनौट गरिएको माडी नगरपालिकाको उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले अयोध्याधामको लागि मास्टर प्लान बनिरहेको छ । बढीमा १०० बिघा जति जग्गा हामीलाई आवश्यक पर्छ । निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर हुनुहुन्छ ।’
बैठकले रामधाम निर्माणको बैंकल्पिक स्थान एवम् ओमकार पार्क र जटायु पार्क निर्माणस्थलका रुपमा पाँचपाण्डव, वडा नं. ७ को शनि मन्दिरको क्षेत्र र गणेशकुञ्ज लगायतको क्षेत्रलाई प्रस्ताव गर्ने पनि निर्णय गरेको छ । माडी वडा नम्बर ७ का केही स्थानीयहरुले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरि सकेका छन् ।
यसैबीच अयोध्या धाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको हो । जमिनको टुंगो नलागेका कारण काममा अवरोध भएको अबस्थामा काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको कार्यक्रममा भगवान राम भारतको अयोध्या जन्मिएको नभएर नेपालकै माडीको अयोध्यामा जन्मिएको हुन सक्ने भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्या धामको निर्माण थाल्न सुझाव दिनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61