चितवन / चितवनको माडी नगरपालिकाको मंगलबार बिहान बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणको लागि जमिन टुंगो लगाएको छ ।
बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो । माडी नगरपालिका वडा नं. ९ र ८ को सीमाक्षेत्रमा रहेको करिब १०० बिघा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने खाली चौरलाई अयोध्याधाम निर्माण स्थलका रुपमा छनौट गरिएको माडी नगरपालिकाको उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले अयोध्याधामको लागि मास्टर प्लान बनिरहेको छ । बढीमा १०० बिघा जति जग्गा हामीलाई आवश्यक पर्छ । निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर हुनुहुन्छ ।’
बैठकले रामधाम निर्माणको बैंकल्पिक स्थान एवम् ओमकार पार्क र जटायु पार्क निर्माणस्थलका रुपमा पाँचपाण्डव, वडा नं. ७ को शनि मन्दिरको क्षेत्र र गणेशकुञ्ज लगायतको क्षेत्रलाई प्रस्ताव गर्ने पनि निर्णय गरेको छ । माडी वडा नम्बर ७ का केही स्थानीयहरुले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरि सकेका छन् ।
यसैबीच अयोध्या धाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको हो । जमिनको टुंगो नलागेका कारण काममा अवरोध भएको अबस्थामा काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको कार्यक्रममा भगवान राम भारतको अयोध्या जन्मिएको नभएर नेपालकै माडीको अयोध्यामा जन्मिएको हुन सक्ने भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्या धामको निर्माण थाल्न सुझाव दिनु भएको थियो ।
- ADVERTISEMENT -

अयोध्याधाम निर्माणको लागि १०० बिघा जग्गा टुंगो
September 30, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
