२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा १३९ मा स्क्रबटाईफस र ३१ जनामा डेङ्गु

प्रकाशित मिति : २०७७ आश्विन १४ गते

चितवन / दिनहुँ कोरोना सङ्क्रमित बढिरहेका समयमा जिल्लामा स्क्रबटाइफस र डेङ्गुको सङ्क्रमित पनि बढिरहेका छन् । साउन १ गतेदेखि हालसम्म १३९ जनामा स्क्रबटाईफस र ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा भरतपुर अस्पतालमा उपचार गराएका ३९ महिला र २९ पुरुष गरी ६८, चितवन मेडिकल कलेजमा ३९ महिला र २३ पुरुष गरी ६२ र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा ६ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी मनकामना अस्पतालमा उपचार गराएका एक पुरुष, नारायणी सामुदायिक र नेशनल सिटी अस्पतालमा एक÷एक महिलामा सङ्क्रमण पुष्टि भएको कार्यालयका किट नियन्त्रण निरीक्षक गीता आचार्यले जानकारी दिनुभयो । यस्तै भरतपुर अस्पतालमा उपचार गराएका सात महिला र २० पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा दुई पुरुष र नेशनल सिटी अस्पतालमा दुई महिलामा पनि यही अवधिमा डेङ्गु देखिएको छ ।
मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रबटाईफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरिले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने र पेट दुख्ने अग्रहरिले बताउनुभयो ।
यसैगरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो । यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्ष्यण देखा पर्ने डा। अग्रहरिको भनाइ छ । गत हप्ता परेको निरन्तर वर्षाले जिल्लाका शहरी क्षेत्र डुवानमा परेको थियो । अझै पनि ती ठाउँहरुमा पानी जमेको छ । जमेको पानीका कारण यस्ता रोगहरुको सङ्क्रमण अझै बढ्न सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51