February 6, 2025
- ADVERTISEMENT -

तातोपानी नाका डेढ महिनापछि पुनः सञ्चालन

October 5, 2020

सिन्धुपाल्चोक / नेपालको उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । डेढ महिनादेखि ठप्प रहेको तातोपानीबाट सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् । नाका असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच खोल्ने सहमति भएसँगै पुनः सञ्चालनमा आएको हो ।
नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -