चितवन / तमु प्ये ल्हु संघ चितवनको युवा समितिले जुम प्रविधिबाट गरिएको १० दिने गुरुङ भाषा कक्षा सम्पन्न भएको छ । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघको अयोजनामा कोरोना महामारीका कारण जुम प्रविधिबाट गरिएको १० दिने भाषा कक्षाको आइतवार सम्पन्न भएको हो ।
१० दिने भाषा कक्षामा तमु प्हेलु संघ जिल्ला कार्य समिति चितवनका अध्यक्ष जगत टु क्याप्री तमु, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनका सल्लाहकार संयोजक भिम बहादुर ल्हो तमु, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनका सांस्कृतिक संयोजक नारायण थिम्जे तमु तथा युकेबाट तमु संस्कृति बिज्ञ नारायण ल्हेगे तमुले प्रशिक्षण दिएका थिए ।
चितवन जिल्लाभरिका २० जना युवाहरुको सहभागीता रहेकोे थियो भने समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद रिना गुरुङले पछिल्लो समय युवाहरुमा लोप हुँदै गएको मातृभाषालाई उजागरण गर्नका लागि गरिएको भाषा कक्षाले युवाहरुमा केही हदसम्म भएपनि सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा प्रशिक्षकहरुले भाषा कक्षामा सिकेका कुराहरु सिकाईमा मात्रै नभई बुझेर कार्यन्वयनमा ल्याउन समेत आग्रह गरे । भाषाका किताबहरु बजारमा उपलब्ध हुने जानकारी दिँदै घर परिवारसँग पनि बोल्न आग्रह गरिएको थियो ।
तमु प्ये ल्हु संघ युवा समिति चितवनका अध्यक्ष राजीव गुरुङले पछिल्लो समय युवाहरुमा आफ्नो भाषा लोप हँुदै गइरहेको हुनाले भाषा कक्षा संचालन गरिएको जानकारी दिए । कक्षा सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ थियो ।
October 12, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -