२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

चलचित्र ‘मिह्री’ प्रदर्शनको तयारीमा, ‘के मेरो माया लाग्छ र’ गीत सार्वजनिक

प्रकाशित मिति : २०७७ कार्तिक २ गते
चितवन / प्रदर्शनको तयारीमा रहेको मगर संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ। चितवनका सञ्चारकर्मी रमेश रानामगर र सनम आलेमगरको अभिनय रहेको गीत शनिबार साँझ मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। देवराज आलेमगर र तारा श्रीषमगरले आवाज, राजु थापामगरको शब्द र देवराज आलेमगरको संगीतमा तयार भएको गीतको भिडियो गोविन्द पुनमगरको निर्देशन गरेका हुन्। पोखरा आसपासको क्षेत्रमा छायांकन गरिएको उक्त गीतमा रमेश र सनम एकापसमा बाँधिएका छन्।
अमृता रानामगर, प्रेमकुमारी आलेमगर, देवेन्द्र रानामगरले निर्माण गरेको चलचित्रमा अधिकांश कलाकारले डेब्यू गरेका छन्। चलचित्रमा नायकको रूपमा उदाएका रमेश रानामगर स्वयमले पनि यही चलचित्रबाट आफूलाई नायक तथा निर्देशकको रूपमा दर्शकमाझ उभ्याउने प्रयास गरेका छन्। ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, स्रष्टी थापामगरलगायतका कलाकारले पहिलोपटक चलचित्रको पर्दामा आफूलाई उभ्याएका छन्। साथमा प्रेमकुमारी थापामगर, देवी आलेमगर, भीमबहादुर थापामगर, मिलन पाटामगर, बलबिक्रम थापामगर लगायतले अभिनय गरेका छन्।
रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका छन्। अधिकांश दृश्य तनहुँको आँबुखैरेनीस्थित रानागाउँमा कैद गरिएको चलचित्रमा कास्की र चितवनका पनि केही स्थानका दृश्य देख्न सकिन्छ। चलचित्रमा पहिलो प्रयास भए पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ। प्रदर्शनको तयारीमा रहे पनि कोरोना कहरका कारण प्रदर्शन गर्न नसकिएको चलचित्रका नायक तथा व्यवस्थापक ईश्वर रानामगरले बताए। ‘फिल्म हलहरू खुलेसँगै हामी चलचित्र प्रदर्शन गरिहाल्छौँ,’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66