गोरखा / घटस्थापना सकेर बडा दशैं सम्मुखमा नै आईसक्यो। बजारमा किनमेल गर्नेको घुँईचो छ। चाडबाडको बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउँला र आफुलाई मन लागेको सामान किनौँला, मिठा खानेकुराले मुख फेरौँला भन्ने आश गरेका गण्डकी र शहिद लखन गाउँपालिका लगायत गोरखाका ५ वटा स्थानीय तहका जेष्ठ नागरिक निराश छन्। सामाजिक सुरक्षा भत्ता पाउन योग्य गोरखाका ती स्थानीय तहका ज्येष्ठ नागरिकले अझै भत्ता पाएका छैनन्।
पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाका ज्येष्ठ नागरिकले वृद्ध भत्ता पाउन सकेका छैनन् ।
गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाले बितरण गरिरहेको बताएका छन् भने चुमनुब्री र अजिरकोट गाउँपालिकाले बितरण सकिसकेको जनाएका छन् ।
शहिदलखन गाउँपालिकामा दशैँ अगाबै बितरण हुने संभावना कम छ । ‘हामीले सामाजिक सुरक्षा भत्ता रकम र बिवरण बैंकलाई पठाईसकेका छौँ’ प्रमुख प्रशासकिय अधिकृत जिवनबहादुर आलेले भने ‘बैंकलाई दशैँ अगाबै बितरण गर्न भनेका छौँ, तर सुरु भएको छैन ।’ ‘ख’ बर्गको अपाङ्गता परिचय पत्र भएका र ६० वर्ष मुनिका एकल महिलालाई भत्ता दिने निर्णय ढिला गरी गरेकाले समस्या भएको उनले बताए ।
गण्डकी गाउँपालिकाको गाउँसभा ढिला गरी असोज १४ गते सकिएको हो । गाउँसभा ढिला गरी भएकाले यस वर्ष सामाजिक सुरक्षा भत्ता दशैँ अगावै उक्त गाउँपालिकाले बितरण गर्न नसकेको जनाएको छ । कोभिडका कारण वडा नम्बर ७ र ८ मा भत्ता बितरण गर्ने बैंक बन्द हुँदा पनि केही समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएका कारण भत्ता वितरणमा ढिलाइ भएको बताए । ‘निकासा भईसकेको छ, आईतवार बितरण सुरु भएको जानकारी आएको छ, दशैँअघि सक्छौँ’ उनले भने । बैंकले मात्रै नसक्ने भएपछि वडाका कर्मचारी र नगरपालिकाले सवारी साधन सहयोग गर्ने गरी बैंकसँग छलफल भएको उनले बताए । ‘जसरी पनि दशैँअघि दिने योजना हो’ अधिकृत शर्माले भने ।
भीमसेन थापा गाउँपालिकामा दशैँ अगाबै बितरण गर्ने गरी तयारी भईरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले बताए । ‘बजेट निकासाको तयारीमा छौँ, फुलपातीसम्म बितरण गर्ने लक्ष्य छ’ उनले भने । सिरानचोक गाउँपालिकाले पालिकाबाट निकासा भईसकेको र वडा वडामा कात्तिक ५ र ६ गते बितरण गर्ने तयारी भएको प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बताए ।
बितरण सुरु गरिसकेका स्थानीय तहले दशैँ अगाडि सबैलाई दिने योजना बनाएका छन् । गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले दशैँअघि सबैको हातहातमा भत्ता पुग्ने दाबी गरे । ‘बैंकिङ प्रणालीबाट बितरण गर्न सकिएन’ उनले भने ‘आउँदो चौमासिकदेखि बितरण गर्छौँ ।’
पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, शहिदलखन गाउँपालिका बाहेकका अन्य सबै स्थानीय तहले जनप्रतिनिधि र कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता बितरण हुने बताएका छन् । कोभिड १९ को प्रभावका कारण बैंकले सबैलाई दशैँ अगाबै बितरण गर्न नसक्ने देखिएपछि कर्मचारी मार्फत बितरण गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।
बारपाक सुलिकोट गाउँपालिकाले करिब ९० प्रतिशत नागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । ‘अब केही मात्र बाँकी छ’ उनले भने ‘आउँदो चौमासिकबाट बैंक मार्फत बितरण गर्ने योजनामा छौँ ।’
६० वर्ष मुनिका एकल महिला र ‘ख’ बर्गको कार्ड प्राप्त अपाङ्गता भएकाहरुको हकमा भने केही दिन अघि मात्रै सामाजिक सुरक्षा भत्ताको अख्तियारी आएकाले यस अघि बितरण गरिसकेका, निकासा लिइसकेकाले उनीहरुलाई दशैँ पछि बितरण गर्ने जनाएका छन् । ‘हामीले सामाजिक सुरक्षा भत्ता बितरण गरेपछि अख्तियारी आएकाले अहिले तत्काल ६० वर्ष भित्रका एकल र ख बर्गको अपाङ्गता भएकालाई दिन सक्ने अवस्था भएन’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने ‘अरु सबैलाई बितरण सक्यौँ ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

५ स्थानीय तहका ज्येष्ठ नागरिकले दशैं अघि भत्ता नपाउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36










