२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गरिब तथा विपन्न वर्गका लागि राहत बन्दै कपडा बैंक

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते

–अशोक भाई लामा
मकवानपुर / पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी बजारमा कपडा बैंकको स्थापना गरिएको छ । मनहरी गाउँपालिका–७ का स्थानीय बासिन्दा सागर लामाको सक्रियतामा केही दिन यताबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।
कोरोना महामारी तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञाबाट आर्थिक समस्यामा परेका वर्ग तथा समुदायलाई लक्षित गरी ‘मनहरी सेवा समाज परिवार’ र ‘यूएफसी मनहरिद्वारा कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।
कपडा बैंकले दिन दुःखीका लागि निःशुल्क रुपमा कपडा उपलब्ध गराउँदै आएको छ । असहाय तथा विपन्न गरीबलाई सहयोग पु¥याउने उद्देश्यले खेर गइरहेको कपडा प्रयोगमा ल्याउने गरी सो कपडा बैंक स्थापना गरिएको सञ्चालक लामा बताउँछन् ।
उनका अनुसार केही स्थानीय युवाहरु तथा सामाजिक संस्थाको पहलमा विपन्न वर्गलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको हो । आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा परिवारले आफूलाई चाहिएको कपडा छानाछानी पैसा नतिरी लैजान सक्ने व्यवस्था कपडा बैंकले गरिदिएको लामाले बताए । बैंकबाट गरिब तथा अति विपन्न परिवारलाई राहत पुग्ने सञ्चालक लामाको भनाइ छ ।
पुराना कपडा सँगै जुत्ता, भाँडाकुँडा समेत कहाँ राख्ने, कसलाई दिने, के गर्ने भनेर चिन्तामा हुनुहुन्छ भने ती सामान आफूहरुलाई कपडा बैंकमा ल्याएर सहयोग गर्नुहुन पनि उनले अनुरोध गरेका छन् ।
‘कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरुलाई मौसम अनुसार कपडा उपलब्ध गराउन मद्दत पुु¥याउने विश्वास लिएको छु,’ उनले भने, ‘प्रयोग गर्न मिल्ने कपडा सङ्कलनमा सहयोग गर्न सबैमा आग्रह गर्दछु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36