January 24, 2025
- ADVERTISEMENT -

भरतपुर अस्पतालका अध्यक्ष डा अधिकारीलाई कोरोना संक्रमण पुष्टि

October 22, 2020

चितवन / भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । डा अधिकारीलाई बिहीबार कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार डा अधिकारीलाई सामान्य लक्षण देखिएको छ । हाल डा अधिकारी आफ्नै निवास भरतपुरमा आइसोलेसनमा बस्नुभएको छ । डा अधिकारी चितवनमा कोभिड–१९ संक्रमणको सुरुवाती चरणदेखि नै अग्रपंतीमा रहेर नागरिकको उपचारमा खटिनुभएको छ । डा अधिकारी पुष्पाञ्जली अस्पतालमा समेत आवद्ध रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -