निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दशैँको चहलपहल बढ्यो, व्यापार बढेन

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते
फोटो : गुगल /
- ADVERTISEMENT -

काठमाडौँ । मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् । कोरोनाकालका बीच हिन्दू नेपालीको महान् पर्व बडादशैँको मुख्य दिन आउनैलाग्दा उपत्यकाका अघिल्लो महिनाको तुलनामा व्यापारिक चहलपहल केही बढे पनि सोचेअनुसारका उपभोक्ता बजारमा पुग्न सकेका छैनन् ।
व्यवसायीका अनुसार आधाभन्दा बढी व्यापारमा मन्दी आएको दुखेसो गर्छन् । “कोरोनाका कारण धेरै मानिस उपत्यका भित्रिन सकेका छैनन्, आएकाहरु पनि सकेसम्म बजार जान खोज्दैनन्, असनका मसला व्यापारी लोकेश लामाले भन्नुभयो, “बाध्यताले बजार आउने न्यून छन् ।”
काठमाडौँको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोड यहाँको मुख्य व्यापारिक केन्द्र हो । कात्तिक लागेपछि व्यापारिक केन्द्रमा मानिसको चहलपहल बढेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । त्यसैले अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । तर खरिद बिक्री भने कम रहेको स्वयं व्यापारीको भनाइ छ । “बजारमा हिँड्ने मान्छे त बढे तर किन्ने बढेनन्”, लामाले थप्नुभयो ।
व्यापारिक क्षेत्रमा सम्भावित घटना हुन नदिन आवश्यक मात्रामा सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउनुहुन्छ । आवश्यक सुरक्षा योजनासमेत लागू गरिएको छ । सुरक्षा मापदण्ड प्रयोग गरेर आउँदा सामान खरिद बिक्रीमा समस्या नरहेको प्रहरीले जनाएको छ, तर पनि चहलपहल कम नै छ ।
उपत्यकाको सडकमा समेत मानिसको आवागमन निकै कम देखिएको छ । सवारीहरु जोरबिजोर प्रणालीमा प्रयोग गरिएकाले धेरै बाक्लो छैन । विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । भीडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो ।
नेपालमा गत माघदेखि कोभिड–१९ देखिएको थियो । चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिएको थियो । जसका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि पर्न गएको छ । यद्यपि सरकारले व्यवसाय चलायमान बनाउन आवश्यक सुरक्षा मापदण्डको प्रयोग गरी गतिविधि खुला गरेको छ । अझ धेरै चहलपहल हुने सिनेमाहलजस्ता व्यापारिक केन्द्र खुलेका छैनन् ।
मछेन्द्रबहालका अर्का व्यवसायी विवेक तिमिल्सिना कात्तिक लागेपछि केही चहलपहल भएको तर सोचेअनुसारको व्यापार नरहेको प्रतिक्रिया दिनुहुन्छ । व्यापारीहरु भूकम्प आउँदासमेत यस्तो मन्दी नभएको अनुभव सुनाउँछन् । यसपटक इतिहासकै व्यापारिक मन्दी भएको उनीहरुको बुझाइ छ ।
उपत्यकाको मात्रै होइन, जिल्लाका व्यापारिक केन्द्रमा पनि सोचेअनुसारको चहलपहल हुनसकेको छैन । जसका कारण भाडामा बस्ने व्यवसायीले थप क्षति व्यहोर्नुपरेको छ । भाडा तिर्न नै समसया हुने गरेको व्यवसायी लामा बताउनुहुन्छ ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48