May 18, 2024

चितवनका ३४ पत्रकारको नवीकरण नहुने

November 3, 2020

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध रहेका ३४ जना सदस्यहरुको सदस्यता नवीकरण नहुने भएको छ । सोमबार भरतपुरमा बसेको बैठकले उक्त सदस्यहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।
अध्यक्ष खतिवडाका अनुसार शाखामा आवद्ध रहेका २४० जना सदस्य मध्ये २०६ जनाको मात्रै नवीकरण गर्ने निर्णय भएको बताए । महासंघको शुद्धीकरण अभियान अन्तर्गत पत्रकारिता पेशामा कृयाशिल नरहेका सदस्यहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको उनको भनाइ थियो । उनले शाखामा हालै मात्र ६१ जना नयाँ सदस्यहरु थप भएको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -