January 15, 2025
- ADVERTISEMENT -

नेपालमा थप ३११४ संक्रमित, निको ३१४२ जना

November 3, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार थप ३११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४६८ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -