–चित्रबहादुर गुरुङ
गोरखा । अधिंकाश गुरुङ समुदायको बसोबास रहेको गोरखाको धार्चे गाउँपालिकाले तमु (गुरुङ) खेमा लिपीको प्रयोग सुरु गरेको छ। गाउँपालिकाले पहिलो पटक लेटरहेडमा तमु (गुरुङ) खेमा लिपीको प्रयोग गरेको हो ।
यो सँगै तमु (गुरुङ) खेमा लिपीको प्रयोग गर्ने नेपाल कै पहिलो सरकारी निकाय गोरखाको धार्चे गाउँपालिका बनेको छ। गुरुङ समुदायको भाषा लिपि संस्कार संस्कृति संरक्षणका निम्ति आफुहरुले पहिलो पटक तमु (गुरुङ) खेमा लिपीको प्रयोग गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ (सन्तोष)ले जानकारी दिनुभयो। प्रशिक्षक अभावका कारण सिकाई हुन नसक्दा सुरुवातमै सबैतिर तमु खेमा लिपी प्रयोग गर्न कठिन भएको र अब विस्तारै अन्यमा पनि लिपी प्रयोगमा ल्याईने उहाँले बताउनुभयो। ‘यसका लागि हामीले केहि दिन भित्रै कार्यपालिका बैठक बसेर गाउँपालिकाको सबै कागजपत्र, साईनबोर्डहरुमा तमु(गुरुङ) खेमा लिपी प्रयोग गर्ने निर्णय अनुमोदन गर्ने तयारीमा छौं’ –उहाँले बताउनुभयो।
यस्तै धार्चे गाउँपालिकाले गत सालदेखि नै गाउँपालिका भित्रका सबै विद्यालयको साना कक्षाहरुमा परिक्षणको रुपमा गुरुङ भाषाको पठनपाठन सुरु गरिएको पनि उहाँले बताउनुभयो।
- ADVERTISEMENT -

गोरखाको धार्चे गाउँपालिकाद्वारा लेटरहेडमा तमु खेमा लिपी प्रयोग
November 4, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
