मकवानपुर / सशस्त्र प्रहरीले एकसय दस किलो तयारी गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको एकडारा चेक प्वाईन्टले ना३च ९६२४ नं. को पिकअपमा मकवानपुरबाट ल्याएको गाँजा एकडारा गाउँपालिका वडा नं. ३ भटौलिया देखि पश्चिम–भंगहिया र पुर्व सडक छेउकै आपको बगैँचा नजिक झार्दै गर्दा बुधवार राती ८ः३० मा समातेको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेड क्वाटर जलसागर प्रमुख सशस्त्र प्रहरी उपरिक्षक(एसपी) सुरेश सापकोटाले बताए ।
गाँजासंगै मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं. २ चुनिया निवासी अमर कुमार थिंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थिंगले आफू पिकअप धनी रहेको सोधपुछका क्रममा बताएपनि प्रहरीको अनुसन्धान पछिमात्र वास्तविकता खुल्ने शसस्त्रका एसपी सापकोटाले बताए । चालक भागेकोले खोजीकार्य भइरहेको सापकोटाले बताए ।
पिकअपभित्र कुखुरा र गाईवस्तुलाई खुवाउन प्रयोग हुने चोकर तिस बोरा रहेको र सोहिको बीच भागमा बोरामा हालेर आठ प्याकेटमा गाजा राखिएकोमा सोही बोराहरु झार्दैै गर्दा एकडारा चेकप्वाईन्टको टोलीले समातेको उनले बताए । तस्करहरुले पिकअपबाट झारेको केही बोरा लिएर भाग्दै गर्दा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । यसअघि पनि एकडारा चेकप्वाइन्टले ठूलो परिमाणमा लागुऔषध र गाँजा नेपाल प्रहरीलाई बुझाइसकेको थियो ।
- ADVERTISEMENT -
ठूलो परिमाणमा गाँजासहित एक पक्राउ
November 12, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -