January 21, 2025
- ADVERTISEMENT -

नेवार समुदायमा केहीले आज पनि भाइटीका लगाउँदै

November 17, 2020

काठमाण्डौ / नेवार समुदायका केही समूहले आज मंगलबार पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।
नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने हिजो मंसिर १ गते नै भाइटीका लगाएका छन् । भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ ।
त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । मन्दिर हिजो पनि खुल्ला गरिएको थियो । कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरेर मन्दिर जाने व्यवस्था मिलाईएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -