March 19, 2025
- ADVERTISEMENT -

बर्दिबासमा गोलीले घाइते भएका बुद्धिराजको मृत्यु

November 25, 2020
फोटो : मकालु खबर ।

काठमाडौं / महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ लगिएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको बताइएको छ । उपचारको क्रममा मंगलबार राति बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले जानकारी दिए ।
बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका अर्का घाइते श्याम कार्कीको उपचार भइरहेको छ ।

- ADVERTISEMENT -