काठमाडौं / चलचित्र निर्माता संघ नेपालले कोरोनाका कारण बन्द चलचित्र क्षेत्र खोल्न दिनुपर्ने माग गरेको छ । चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन संघका अध्यक्ष आकाश अधिकारीले सरकारसँग माग गरिएको जानकारी दिए ।
नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथाम भन्दै गरिएको लकडाउन पश्चात अधिकांश क्षेत्र खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । बन्दाबन्दीका कारण चलचित्र छायांकन प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको संघले जनाएको छ ।
अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालनका लागि सरकारले व्यवस्था मिलाउनुपर्ने बताए । उनले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिलेसम्म कुनैपनि फाइदा लिन नसकेको बताए ।
चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उनको भनाइ छ । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको उनले भने । चलचित्र क्षेत्रले मनोरञ्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको भन्दै तत्काल खोल्न संघको माग छ ।
सरकारसँग चलचित्र क्षेत्र खोल्न निर्माता संघको माग
November 25, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
