April 29, 2025

नेपालमाथप १३८० जनामा कोरोना संक्रमण पुष्टि

November 28, 2020
- ADVERTISEMENT -

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ११ हजार १८६ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३६८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ ।

- ADVERTISEMENT -