January 12, 2025
- ADVERTISEMENT -

सवारी चालक अनुमतिपत्र अनलाइन फारम सातै प्रदेशमा

December 3, 2020

काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ । विभागले सातै प्रदेशमा अनलाइनमार्फत् सवारी चालक अनुमति पत्रको आवेदन खुलाएको हो ।
चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तरर्गतका कार्यालयको माग बमोजिम खोलिने विभागले जानकारी दिएको छ ।
सोही कारण इच्छुक आवेदकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सोझै सम्पर्क गरी आवेदन दिने व्यवस्था समेत मिलाएको छ ।
जसका लागि ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृतसँग सम्पर्क गर्न विभागले सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -