२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

‘सहकारीको स्तरीकरण, मनिटरिङ तथा अनुगमन राज्यको दायित्व’ : नेफ्स्कुन उपाध्यक्ष

प्रकाशित मिति : २०७७ मंसिर २४ गते

चितवन / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–२ ले प्रतिनिधिमूलक १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चौध सयजना शेयर सदस्यहरुबाट ७० जना छनौट गरी प्रतिनिधिमूलक १३औं साधारण सभा बुधबार सम्पन्न गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारी र विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. २ पूर्णबहादुर श्रेष्ठले संयुक्त दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीलाई स्तरीकरण गर्न, मनिटरिङ तथा अनुगमन गर्नु राज्यको दायित्व भएको बताए । उनले संस्था दर्ता गर्नेदेखि विकास भए नभएको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेमा जोड दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement


विशिष्ट अतिथि वडाअध्यक्ष श्रेष्ठले यस संस्था हितका कुनै अप्ठ्यारासँग जुध्नको लागि आफू सदैव तयार रहने बताए । उनले महानगर तथा जोकोहीलाई कुनै पनि समस्या भए निर्धक्क आउनु हुन र आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालले संस्थालाई उत्कृष्ट साकोस बनाउने अभियानमा रहेको बताए । आगामी दिनमा संस्थाको विकासका लागि एटिम र कार्डलेस अभियानमा संस्थालाई जोड्ने उनको भनाइ थियो भने संस्थालाई परिस्कृत तथा प्रविधिमैत्री बनाउने उनले भने । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, युनियम लाइफ इस्योरेन्सका भीमलाल पौडेल, उपाध्यक्ष मदनप्रसाद सापकोटा, सल्लाहकार दिपक उप्रेतीलगायतले शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा कोषाध्यक्ष जयराम पाण्डे, व्यवस्थापक विकास पौडेल, लेखा संयोजक विनोद पौडेललगायतको उपस्थिति रहेको थियो ।


उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई दोसल्ला, नगद तथा प्रमाणपत्रले सम्मान गरेको थियो । कार्यक्रमको उद्घाटन मंसिर २० देखि सुरु भएको र २४ गते (बुधबार) ५ दिनमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा भएको थियो भने सचिव मुकुन्दप्रसाद गौतमले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37