२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अबको लडाइ समृद्धि र प्रेस स्वतन्त्रता : केन्द्रीय उपाध्यक्ष पोखरेल

प्रकाशित मिति : २०७७ मंसिर २८ गते
पत्रकार महासंघ चितवन शाखाले प्रकाशन गरेको स्मारिका विमोचनमा केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडालगायत ।

आफ्नै भवनमा साधारण सभा सम्पन्न
चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाले साधारण सभा सम्पन्न भएको छ । भरतपुरस्थित संस्थाको आफ्नै भवनमा महासंघले पहिलो पटक साधारण सम्पन्न गरेको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । महासंघले आफ्नै सुविधा सम्पन्न हलमा साधारण सभा सम्पन्न गरेको चितवनको इतिहासमा यो नै पहिलो हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघको लडाइ भनेको संस्थाको समृद्धि, प्रेस स्वतन्त्रताको अभियान भएको बताए । संस्था हाम्रो प्राण हो यसलाई कसैलाई विर्सनु नहुने बताए । संस्थालाई बिर्सियो भने अस्तित्व नै नरहने र कुनै अर्थ नहुने उनको भनाइ थियो ।
उपाध्यक्ष पोखरेलले कुनै पनि पत्रकारले आफू सम्बद्ध संचारगृहमा जुन सम्झौता अनुसार काम गरिरहेको छ, त्यो सम्झौता अनुसार पारिश्रमिक पाउनु पर्ने उनको धारणा थियो ।
उनले नेपाली प्रेस कानुनहरु प्रेसमैत्री बन्दै श्रमको मूल्य प्राप्त हुने वातावरण बनेमा सडकमा आउनुपर्ने बाध्यता नपर्ने बताए भने मुलुकमा गणतन्त्र चाहिन्छ भन्ने पहिलो संस्था पत्रकार महासंघ भएको जिकिर गरे । प्रेस स्वतन्त्रता विरोधी कानुन नमान्ने र सञ्चार कानुन बनाउँदा गहन अनुसन्धान गरेर मात्र बनाउन सरकारलाई सुझाव दिए ।
नेपाल पत्रकार महासंघ चितनवका अध्यक्ष राधेश्याम खतिवडाले महासंघको गौरव र गरिमा जोगाउन हामी सबैको प्रस्तुति आ–आफ्नो ठाउँबाट हुनुपर्ने बताए । अध्यक्ष खतिवडाले आफू पत्रकारका हितका लागि सदैव लडिरहने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, साधारण सभामा प्रेस संगठनका वाग्मती प्रदेश इन्चार्ज विश्वमणि सुवेदी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी र सृजना अर्याल, पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतिराम तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त साधारण सभामा पत्रकार महासंघ चितवनको स्मारिकाको विमोचन गरिएको थियो भने चितवनका एक दर्जन बढी पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो । महासंघ चितवन शाखाका सचिव तीर्थ नेपालले आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको साधारण सभामा ११ बुँदे घोषणापत्र जारी गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36