२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

पिसीआर परीक्षण कालोबजारीको आरोपमा सरकारीसहित दुई अस्पताललाई कारवाही

प्रकाशित मिति : २०७७ पुष १ गते

चितवन / सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । सरकारले पिसीआर गरेको दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो ।
प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो ।
सरकारी क्यान्सर अस्पताललाई सरकारले नै तोकेको शुल्कभन्दा बढी शुल्क लिएको आरोपमा कारवाही गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशसँगै गौतम आठ लाख धरौटी राखेर तारेखमा रिहा भएका शर्माले जानकारी दिए । गौतमले निजी रकम जम्मा गरेर रिहा भएको अस्पतालले जनाएको छ । धरौटीका लागि सञ्चालक समितिको निर्णयबिना अस्पतालको रकम निकासा गर्न नमिल्ने भएपछि गौतमले निजी रकमको व्यवस्था गरेको जनाइएको छ ।
प्रशासनले दुई साताअघि चितवन मेडिकल कलेजका सञ्चालकहरुसँग बयान लिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले उनीहरू १८ लाख धरौटी राखेर तारेखमा रिहा भएका जानकारी दिए । यी दुई अस्पतालले सरकारले तोकेकोभन्दा ५०० रुपैयाँ बढी शुल्क लिएर कोभिड–१९ को पिसीआर परीक्षण गराइरहेको गुनासो प्रशासन कार्यालयमा दर्ता भएपछि अनुसन्धान शुरु गरिएको थियो ।
उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारबाही शुरू गरिएको थियो । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षको लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो ।
–तेमाल अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10