–सुरक्षा न्यौपाने
चितवन / भरतपुर अस्पताल प्रसुति बढी गराउने अस्पतालमध्ये नेपालकै दोस्रोमा पर्दछ । काठमाडौको परोपकार प्रसुति गृहपछि भरतपुर अस्पताल बढी प्रसुति गराउने अस्पताल भएको पाइएको छ ।
गत वर्ष केन्द्रीय अस्पताल बनेको यो अस्पतालमा पछिल्लो समय शिशुहरुको मृत्युहुनेको संख्या उल्लेख्य छ । अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा गत साउन महिना देखि कार्तिकसम्म मात्रै ५९ जना शिशु र १ आमाको ज्यान गुमाएका छन् भने कोभिडको कारणले समेत केही आमाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेहरुमा ४७ जनाको गर्भमै, ७ जनाको जन्मिएको केहि समयमै र ५ जना नवजात शिशुको मृत्यु भएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गतवर्ष १३ हजार ५ सय जनाले प्रसुति सेबा लिएकोमा १ सय ३८ जना शिशुको गर्भमा, ३२ जना नवजात र २९ जना शिशुको जन्मिएको केहि समय भित्र मृत्यु भएको थियो । गर्भावती महिलाहरु बेलैमा उपचार गर्न नआउदा बढि शिशुको गर्भावस्थामै ज्यान जाने गरेको सुचना अधिकारी पौडेलले बताए ।
गर्भवति महिलाहरु सामान्य अवस्थामा अस्पताल नजाने र स्वास्थ्यमा जटिलता आएपछि मात्रै ढिला गरि उपचार लिन अस्पताल पुग्ने समस्याले गर्दा मृत्यु हुनेको संख्या बढी रहेको सुचना अधिकारी पौडेलले बताएका छन् ।
उनले यो आर्थिक वर्षको पहिलो ४ महिनामा ४ हजार बढी महिला सुत्केरी भएको जानकारी दिए । हाल भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीहरुले सेवा लिने गरेका छन् ।
६ सय शैया रहेको यो अस्पतालमा हरेक वर्ष ३ लाखभन्दा बढी सेवाग्राहीहरुले सेवा लिने गरेका छन् ।
साउनयता ५९ शिशुको ज्यान गयो – भरतपुर अस्पताल
December 26, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -