चितवन / तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले यस वर्ष तमू ल्होसार पर्वलाई स्थगित गरेको छ । परिषद्का अध्यक्ष गणेशबहादुर गुरुङले कोभिड–१९ को महामारीका कारण यस वर्ष तमू ल्होसार पर्वलाई स्थगित गरिएको शनिबार विज्ञप्ति मार्फत जानकारी गराए ।
विज्ञप्तिमा भनिएको छ – ‘हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष कुनै पनि सार्वजनिक कार्यक्रमहरु नगर्नु नगराउनु हुन अनुरोध छ । आ–आफ्ना धार्मिक, सामाजिक स्थलहरुमा सरसफाइ, ध्वजा, तोस, फूलमालाले सजिसजाउ गर्ने गराउने, प्रत्येक धार्मिक, सामाजिक स्थलहरु र प्रत्येक तमुहरुको घरघरमा दिप प्रज्वलन गर्न हुन अनुरोध छ ।’
पुस १५ गते बिहान बिहान सामाजिक दूरी कायम गर्दै आ–आफ्ना धार्मिक स्थलहरुमा धर्मगुरुहरुबाट पूजापाठ गराउने र च्युल्हो (मुसावर्ग) को विदाई गर्दै, ल्वोल्हो (गाईवर्ग) लाई स्वागत गर्ने र एक आपसमा शुभकामना आदानप्रदान गर्न गराउन सबै गुरुङ समुदायलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परिषद्ले प्रत्येक वर्ष तीन खोले गुम्बामा गुरुङ समुदायहरुको पर्व तमु ल्होसार मनाउँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

गुरुङ राष्ट्रिय परिषदको ‘तमु ल्होसार’ पर्व स्थगित
December 27, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
