काठमाडौं / नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोलीले आइतवार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सोमवारका लागि भेट तय भएको बताइए पनि चिनियाँ टोलीले प्रधानमन्त्री ओलीलाई आइतवार राति नै भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले उक्त भेटको पुष्टि गरेका हुन् । दुई घण्टाको भेटमा के कुरा भयो, त्यसबारे केही खुलाइएको छैन । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौँ उत्रिएसँगै राजनीतिक भेटघाट सुरु गरेको थियो । आइतबार कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचाओको नेतृत्वमा काठमाडौं उत्रेको प्रतिनिधिमण्डल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।
प्रतिनिधिमण्डलले आइतबार साँझ नै राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेको हो । चिनियाँ टोलीले भेटमा राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देशबारे जानकारी गराएको स्रोत बताउँछ । यद्यपि भेटवार्ताका क्रममा भएका छलफलबारे औपचारिक रुपमा दुवै निकायबाट जानकारी भएको छैन ।
पुस ५ गते हठात भएको प्रतिनिधिसभा विघटनपछि आन्तरिक राजनीतिक तरंगित छ । कानुनी रुपमा बाहेक पार्टी विभाजन भइसकेको अवस्थामा उत्तरी छिमेकबाट राजनीतिक भ्रमण भएको हो ।
प्रतिनिधिमण्डलले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुसँग पनि सोमबार नै भेट गर्नेछन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार खुमलटारमा भेटको कार्यक्रम रहेको स्रोत बताउँछ । यस्तै, नेता माधवकुमार नेपालसँग पनि निवास कोटेश्वरमा नै भेट हुनेछ । वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि चिनियाँ टोलीले भेट गर्ने सम्भावना रहेको स्रोत बताउँछ ।
- ADVERTISEMENT -

प्रधानमन्त्री र चिनियाँ उपमन्त्रीको आइतबार राति नै भेटवार्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













