२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

नयाँ वर्षबाट ‘भरतपुर टाउन रेसिडेन्सी’ सञ्चालन

प्रकाशित मिति : २०७७ पुष १६ गते
- ADVERTISEMENT -

चितवन / अंग्रेजी वर्ष २०२१ साललाई लक्षित गरी चितवनमा एकपछि अर्को महंगा होटलहरु संचालनमा आइरहेको छ । कोरोना महामारीका बीच होटल व्यवसायमा लगानी गर्नेहरु दिनानुदिन बढ्ने क्रम देखिएको छ ।
भोलि (शुक्रबार) बाट अर्थात् अंग्रेजी नयाँ वर्ष २०२१ लाई लक्षित गरी भरतपुर–१०, मालपोतचोकमा ‘भरतपुर टाउन रेसिडेन्सी’को सेवा शुभारम्भ गरिने भएको छ । औपचारिक रुपमा संचालन जनवरी ४ अर्थात पुस २० गतेबाट हुने संचालक भोजबहादुर खड्काले जानकारी दिए ।
संचालक खड्का अनुसार रेसिडेन्सीमा ग्राहकले पक्कु, भुटुवा, भुटन लगायत टिपिकल खानाको स्वाद लिन पाउने छन् भने छुट्टाछुट्टै क्याफे, रेष्टुरेण्ट तथा बारहरुको समेत व्यवस्था गरिएको छ । हाल डिलक्स, स्विट, नर्मल गरी १४ वटा रुमहरु संचालन रहेका छन् भने तीन वटा छुट्टै अपार्टमेन्ट जहाँ पाहुना आफूखुशी खाना बनाएर पनि खान पाइने उनले बताए ।
अर्का संचालक समुद्र अर्यालले निकट भविष्यमा निर्माण सम्पन्न सिटी हललाई विशेष लक्षित गरी उक्त रेसिडेन्सी व्यवसाय संचालन ल्याइएको बताए । उनले एकैदिन ५० जना ग्राहकलाई व्यवस्थापन गर्न सकिने र अहिले कर्मचारी २० जना संचालन ल्याइने जानकारी गराए ।
उक्त रेसिडेन्सीमा ६ जना संचालक रहेको र ९६ लाख लागत निर्माण खर्च भएको बताइएको छ । डेढ वर्ष अघि निर्माण सुरु गरिएको उक्त रेसिडेन्सी गत वर्षको नेपाली नयाँ वर्षमा संचालनमा ल्याउने तयारी गरिए पनि कोभिड–१९ का कारण स्थगित भएको उनले भने ।

- ADVERTISEMENT -