काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–१ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो ।
ब्यास नगरपालिकाको वडा नं १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखेला पुल उद्घाटन गर्न वरिष्ठ नेता पौडेल गृहजिल्ला तनहुँ पुगेका थिए । तर, पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निकालिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा जारी रहँदा पनि पुल उद्घाटन गर्न पुगेपछि नेता पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रशासनले आज बुधबार साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको छ । प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग पनि गरेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निषेधाज्ञा तोडेपछि …
December 2, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
