२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

कोरोनाका कारण विस्थापित बनेका पत्रकारलाई पुनर्बहालीको माग

प्रकाशित मिति : २०७७ पुष १८ गते

चितवन / पेशागत सुरक्षाका लागि पहल गर्न पत्रकारहरुले माग गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर–११ स्थित जखेडीमाइमा आयोजित बनभोज तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चितवनका पत्रकारले कोरोनाका कारण विस्थापित बनेकालाई पुनर्बहाली गर्ने काम अभियान चलाउन सुझाएका छन् ।
प्रेस युनियन चितवन शाखाका सल्लाहकार पूर्ण शर्माले पत्रकारको संख्या कटौती हुन पुग्नु दुःखद भएको बताउनुभयो । उहाले मिडिया हाउस सन्चालकसंग पहल गरेर पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो । पत्रकार विप्लव काफ्लेले कोभिडको बहानामा विस्थापित बनाइएका पत्रकारको पुनर्बहाली गर्न शसक्त भूमिकाको खाँचो रहेको बताउनुभयो । पत्रकार रमेश पौडेलले सन्चारगृहले विना कारण पत्रकार हटाउने परिस्थिति बन्द गर्नुपर्ने बताउनुभयो ।
शाखाका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले पत्रकारको क्षमता विकासमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले रोजगारविहिन बनेका दक्ष पत्रकारलाई उचित रोजगारीको वातावरण बनाउने दावी गर्नुभयो । मिडिया बचाउने काममा प्रेस युनियनले नेतृत्व लिने बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सन्चारकर्मीलाई उचित पारिश्रमिक दिलाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले नागरिकको अधिकारबारे बोल्ने भएकाले पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो ।
शाखा अध्यक्ष अनिल ढकालले पत्रकारलाई सक्षम र दक्ष बनाउने कार्ययोजना बनाइने बताउनुभयो । उहाले पत्रकारलाई कमजोर बनाउने नदिइने बताउनुभयो । कार्यक्रममा पत्रकारहरु रमेशचन्द्र बस्ताकोटी, गोविन्द अर्याल, केशव भट्टराई, अर्जुन अधिकारी, अनिता अर्याल, अपील घिमिरे, प्रकाशबाबु खनाल, सन्दीपकुमार श्रेष्ठ, कमलमान श्रेष्ठ अनिशा थापा, नेत्र गुरुङ, शिव शर्मा लगायतले पत्रकार हकहितकोबारेमा बोल्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20