२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

जापानमा एक महिने आपतकाल घोषणा

प्रकाशित मिति : २०७७ पुष २४ गते
- ADVERTISEMENT -

एजेन्सी / जापानको राजधानी टोकियोमाआपतकाल घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमण थप फैलँदै गएपछि जापान सरकारले आजदेखि लागू हुनेगरी आपत्काल घोषणा गरेको हो ।
जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संक्रमण थप नफैलियोस् भनेर एक महिनाका लागि आपत्काल घोषणा गरिएको बताएका हुन् ।
आजदेखि एक महिनासम्म रेष्टुँरा र बारमा साँझ ७ बजेपछि जाँड–रक्सी बिक्री–वितरण गर्न पाइने छैन । यस्ता पसल–व्यवसाय रातिको समयमा खोल्न रोक लगाइएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि सरकारले अनुरोध गरेको छ । बेलायत, अमेरिका लगायत देशमा पछिल्लो पटक भेटिएको कोरोना भाइरस निक्कै खतरनाक रहेको बताइएको छ ।

- ADVERTISEMENT -