२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

चितवनको ‘नारायणी कला मन्दिर’ले मनाए ४५औं वार्षिकोत्सव

प्रकाशित मिति : २०७७ पुष २८ गते
- ADVERTISEMENT -

चितवन / नेपालमै प्रसिद्धि कमाएको नारायणी कला मन्दिरले ४५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड–१९ कहरका बीच स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर सोमबार ४५औं वार्षिकोत्सव मनाएको नारायणी कला मन्दिरका अध्यक्ष उद्धव जोशीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अग्रजको संकल्प र मिहिनेतले संस्था यो ठाउँमा आउन सफल भएको बताए । कला मन्दिरले रविन्द्र रेग्मी, शिव रेग्मीलगायत थुप्रै कलाकार जन्माएको उनले भने ।
कला मन्दिरको साखलाई अग्रजहरुले चाहे भने अझ उचाइमा लैजान सजिलै सम्भव भएको उनको भनाइ थियो । उनले पछिल्लो समय प्रदेश र स्थानीय सरकारको समन्वयमा स्तरोन्नतिको कार्य गर्न सक्नु धेरै राम्रो पक्ष भएको र कला मन्दिरको लागि जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष जोशीले कोभिड–१९ का कारण नयाँ र नियमित कार्यक्रम गर्न नसकिएको तर पनि प्रेक्षालयलाई आधुनिकिरण बनाउने मौका मिलेको बताए । नियमित कार्यक्रम नहुँदा आर्थिक पाटो धेरै कमजोर भएको उनले भने ।
उनले तालिमको लागि सेमिनार हल आवश्यक छ तर आर्थिक संकटकै कारण कुनै काम गर्न सहज नभएको जिकिर गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार प्रभातकुमार जोशी, सदस्य शालिकराम सापकोटा, कलाकार विक्रम श्रेष्ठ, प्रशान्त श्रेष्ठ, नारायण श्रेष्ठ, शेखर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्थाका सचिव अनुकुल श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको न्यून सदस्यहरुको सहभागितामा वार्षिकोत्सव मनाएको थियो ।

- ADVERTISEMENT -