२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको ‘नारायणी कला मन्दिर’ले मनाए ४५औं वार्षिकोत्सव

प्रकाशित मिति : २०७७ पुष २८ गते

चितवन / नेपालमै प्रसिद्धि कमाएको नारायणी कला मन्दिरले ४५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड–१९ कहरका बीच स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर सोमबार ४५औं वार्षिकोत्सव मनाएको नारायणी कला मन्दिरका अध्यक्ष उद्धव जोशीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अग्रजको संकल्प र मिहिनेतले संस्था यो ठाउँमा आउन सफल भएको बताए । कला मन्दिरले रविन्द्र रेग्मी, शिव रेग्मीलगायत थुप्रै कलाकार जन्माएको उनले भने ।
कला मन्दिरको साखलाई अग्रजहरुले चाहे भने अझ उचाइमा लैजान सजिलै सम्भव भएको उनको भनाइ थियो । उनले पछिल्लो समय प्रदेश र स्थानीय सरकारको समन्वयमा स्तरोन्नतिको कार्य गर्न सक्नु धेरै राम्रो पक्ष भएको र कला मन्दिरको लागि जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष जोशीले कोभिड–१९ का कारण नयाँ र नियमित कार्यक्रम गर्न नसकिएको तर पनि प्रेक्षालयलाई आधुनिकिरण बनाउने मौका मिलेको बताए । नियमित कार्यक्रम नहुँदा आर्थिक पाटो धेरै कमजोर भएको उनले भने ।
उनले तालिमको लागि सेमिनार हल आवश्यक छ तर आर्थिक संकटकै कारण कुनै काम गर्न सहज नभएको जिकिर गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार प्रभातकुमार जोशी, सदस्य शालिकराम सापकोटा, कलाकार विक्रम श्रेष्ठ, प्रशान्त श्रेष्ठ, नारायण श्रेष्ठ, शेखर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्थाका सचिव अनुकुल श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको न्यून सदस्यहरुको सहभागितामा वार्षिकोत्सव मनाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09