January 12, 2025
- ADVERTISEMENT -

नेपालमा २५ मिलियन डोज कोरोना खोप आउने तयारी

January 13, 2021

काठमाडौं / रुसले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बताएको छ । रुसमै उत्पादित कोरोना खोप ‘स्पुतनिक भी’ नेपाललाई सकेसम्म छिटो उपलब्ध गराउन तयार भएको छ ।
अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताउँदै आएको छ ।
स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि केही दिन अगाडि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ । नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -